काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालय प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका हुन् ।

‘श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न उनलाई बोलाइएको प्रहरीले जानकारी दिएको छ ।