धनगढी । धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई सम्मान गरेको छ।

बिहीबार एक औपचारिक कार्यक्रम राखेर नगरका ४६ वटा संस्थागत विद्यालयहरूलाई सम्मान गरेको हो।

२०८१ को एसईईको नतिजामा सुधार गरेको भन्दै संस्थागत विद्यालयहरूलाई सम्मानित गरिएको उप– प्रमुख कन्दकला कुमारी रानाले बताइन्। उप–प्रमुख रानाले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरूलाई बधाई तथा शुभकामना दिएकी छन्। 
“शैक्षिक उपलब्धि महत्त्वपूर्ण विकासको सूचक हो। मेहनत गरी प्रतिस्पर्धाको माध्यमबाट उत्कृष्टता हासिल गर्नुभएकोमा सबै विद्यालयलाई शुभकामना छ,“ उनले भनिन्।