
दार्चुला । दार्चुला र बैतडीका ६ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय सिफारिस भएका छन् ।
निमित्तको भरमा चलिरहेका विभिन्न स्थानीयतहहरूमध्ये दार्चुलाको २ र बैतडीका ४ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेकम गाउँपालिकामा लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीकै दीपक राज जोशी र दुहुँ गाउँपालिकामा बैतडीका दिनेश जोशीलाई खटाएको छ ।
हालसम्म लेकममा अम्बादत्त जोशी र दुहुँमा वीर सिंह धामीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
त्यस्तै बैतडीको डिलासैनी गाउँपालिकामा कैलालीका देव राज चौधरी, दोगडाकेदार गाउँपालिकामा डिलाशैनी गाउँपालिका वडा नम्बर ५ का नरेश राज जोशी, सुनर्या गाउँपालिमा वसन्त बहादुर धानुक र पञ्चेश्वर गाउँपालिकामा दल बहादुर धामीलाई खटाइएको छ । अहिलेसम्म डिलासैनीमा गणेश बोहरा, दोगडाकेदारमा नन्द राज जोशी र सुनर्यामा लोग राज जोशी र पञ्चेश्वरमा राम सागर शाहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ।
मन्त्रालयलले दार्चुला र बैतडीसहित विभिन्न जिल्लाका स्थानीय तहमा ६९ जना प्रमुख प्रशासकीय अधिकृत र ४५ जनालाई गृह मन्त्रालयमा खटाइएको छ ।







Facebook Comments