
काठमाण्डौ । बैतडीको नाचन्थलीमा पहिरो खस्दा बैतडी र बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाचन्थली नजिकै सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुदा आवागमन अवरुद्ध भएको बैतडी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकमाथिबाट पहिरो खस्दा शनिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध रहेको छ । राजमार्ग अवरुद्ध हुदा अहिले सवारी साधन बीचबाटोमै रोकिएको बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले बताए ।
अवरुद्ध सडक खुलाउनले सुरु भएको छ । सडक डिभिजन कार्यालय पाटन बैतडीको डोजरले पहिरो पन्छ्याईरहेको प्रहरीको प्रहरीले जनाएको छ ।







Facebook Comments