
एमालेले विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ।
उक्त भेला आइतबार दिउँसो च्यासलमा बस्नेछ, जसमा सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरू सहभागी हुनेछन्।
महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने उक्त भेला भदौमा हुने विधान महाधिवेशनको तयारी स्वरूप हो।
काठमाडौँ । नेकपा (एमाले) ले पार्टी केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ । विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले आइतबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी भेला बोलाएको हो ।
भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । एमालेमा ३२ वटा केन्द्रीय विभाग रहेका छन् ।
भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन् । आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशनको मिति तोकेको एमालेले यसअघि जनसङ्गठनहरूको भेला सम्पन्न गरेको थियो ।
साउन २ गते स्थायी कमिटी र ५ गते केन्द्रीय कमिटी बैठक गरेर विधान महाधिवेशनमा होमिने एमालेको तयारी छ ।







Facebook Comments