
विराटनगर । सुनसरीको हरिनगरमा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् । राती २ बजे भिनाजु आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेका हुन् ।
गोली हान्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घरमा मृतक खातुन र उनीकी बहिनी मात्रै बस्दै आएका थिए ।
भारतको अररीया जिल्ला घर भएका भिनाजु राती राती आउने गरेको र हिजो पानी राती आएर गोली हानी हत्या गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।
हत्यामा संलग्न अजात आपराधिक पृष्ठभूमिको रहेको देखिएको तिम्सिनाले बताए । यस अघि उनी चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।







Facebook Comments