काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सोमबार  बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस ‘डिल’बारेको अडियोका विषयमा जानकारी लिन उनलाई बालुवाटार बोलाएका थिए ।

प्रधानमन्त्रीले आइतबार नै उनीसँग छलफल गर्न खोजेका थिए । तर, झापाको कार्यक्रमबाट फर्कन ढिला भएकाले उनलाई सोमबार बोलाइएको हो ।

गुप्ताको ‘बिफ्रिङ’पछि उनलाई प्रधानमन्त्रीले राजीनामाको निर्देशन दिन सक्ने सम्भावना छ । छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।