
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
सरकार गठन भएको १ वर्ष पूरा भएको सन्दर्भमा समसामयिक राजनीतिक विषयमा दाहालले संसद्मा आफ्ना धारणा राख्न लागेका हुन्। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार दाहालले विपक्षी दलका नेताको हैसियतमा संसद्मा बोल्न लागेका हुन्। सोमबारको बैठकमा पार्टीका सबै सांसदहरूलाई उपस्थित हुन पाण्डेले भनेका छन् ।







Facebook Comments