.jpeg)
काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलित नेपाली कांग्रेसको विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० विद्यार्थी पक्राउ परेका छन् ।
नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रसमेत तोड्न खोजेपछि उनीहरु पक्राउ परेका हुन् ।
प्रदर्शनले उग्र रुप लिन थालेपछि सुरक्षाकर्मीले पक्राउ गरेको हो । शतप्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षकको नियुक्ति गर्नुपर्ने माग उनीहरुको छ ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर नेविसंघले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो ।
त्यस्तै नेविसंघ कोटेश्वर क्याम्पसले पनि जडिबुटीमा सडकमा टायर बालेर प्रदर्शन गरेको छ ।







Facebook Comments