काठमाण्डाैँ। आइतबार राति सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या गरिएको छ । 

हरिनगर गाउँपालिका- ६ घुस्कीमा राति १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरिक्षक सुमन कुमार तिम्सिनाले बताए । भिनाजुले गोली हानी सालीको हत्या गरेको बुझिएको छ । थप अनुसन्धान हुँदै गरेको प्रहरीले बताएको छ ।