
काठमाण्डाैँ । बाजुराको बुढीगङ्गा नगरपालिकामा दाउरा संकलन गर्ने क्रममा बुढीगङ्गा नदीले बगाउँदा एक पुरुषको ज्यान गएको छ। मृत्यु हुनेमा बुढीगङ्गा–२ ताँप्रा निवासी ३७ वर्षीय लोकबहादुर बुढाथापा रहेका छन्।
बुढीगङ्गा नगरपालिका–३ र ६ को सीमामा पर्ने नदी किनारमा दाउरा संकलन गरिरहेका बेला अचानक नदीको बहावमा परेर बुढाथापा बगाएका थिए। उनी घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए। खोजतलासकै क्रममा करिब एक किलोमिटर तल, नदीको किनारमै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
प्रहरीका अनुसार शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







Facebook Comments