काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालयका रजिस्ट्रार प्राडा विनोद लेखकले प्रस्तुत गरेको बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरेको हो ।

कुलपति ओलीले विश्वविद्यालयको आर्थिक थितिलाई तन्दुरुस्त राख्न आग्रह गरे । उनले बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा प्रस्तुत गर्न निर्देशन दिए ।