सुर्खेत । बिहीबार बिहान आएको अबिरल वर्षापछिको बाढीले हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजारमा क्षति पुर्‍याएको छ ।

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा बाढीले ठूलो क्षति पुगेको अनुमान गरिएको हो । बाढीले बजारका ११ घर र एक पसलमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्दार गरिरहेका छन् । क्षतिको विवरण पनि संकलन भइरहेको छ ।