
दार्चुला । तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुने स्थानीय २८ वर्षीय नारायण बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालका अनुसार आज मध्याह्न १२ बजे बुढाथोकी दुम्लिङबाट महाकालीपारि भारतीय बजारतर्फ जाने क्रममा तुइन चुँडिएर नदीमा खसेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । दुम्लिङभन्दा तल्लो क्षेत्रका सबै प्रहरी युनिटलाई बेपत्ताको खोजिका लागि भनिएको प्रहरीले जनाएको छ ।







Facebook Comments