काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारी र मन्त्रीहरुबीच बूढानीलकण्ठमा छलफल भएको छ । छलफलमा सबैजसो पदाधिकारी र मन्त्रीहरु पनि सहभागी छन् ।

सरकारमा देखिएको असन्तुष्टिपछि कांग्रेसमा छलफल गर्न बोलाइएको सभापति निकट स्रोतले जानकारी दियो । हिजा प्रधानमन्त्री केपी शर्मा ओलीले  बोलाइएको उच्चस्तरीय बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिएनन् । यसलाई कांग्रेस सरकारसँग रुष्ट रहेको संकेतको रुपमा हेरिएको छ ।