
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो आफ्नो अभीष्ट पूरा हुन नपाएपछि चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् ।
मन्त्रालयले बिहीबार भूमि मन्त्रीको एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले त्यो नपाएपछि अडियो सार्वजनिक गरेको बताए ।
‘मालपोत अधिकृत फिर्ता गर्न आएका थिए, मैले हुन्न भनेपछि यी कुरा बाहिर आएका हुन् । मालपोत अधिकृत पुसमै सरुवा हुनुभएको हो । अहिले उहाँले त्यहाँ बस्दिनँ, जान्छु पनि भन्नुभएको थिएन । त्यसैले सरुवा गर्ने कुरै थिएन, त्यो पूरा नभएपछि चरित्रहत्या गर्न खोजियो ।
उनले अडियोसँग सम्बन्धित मान्छे आफूसँग नजोडिएको भन्दै कहीँ कतै संलग्नता पाइए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताए ।







Facebook Comments