
काठमाडौं । शिक्षकहरूले १६ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन बिहीबार थप आक्रामक हुँदै गइरहेको छ ।
जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । काठमाडौं उपत्यकाको सवारी आवागमनमा समस्या भइरहेको छ ।
१६ दिनदेखि शिक्षकहरूको राजधानीकेन्द्रित सडक आन्दोलन विहीबार पनि जारी राखेका छन् । बिहीबार नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकलमाग सम्बोधन गर्न वैशाख १२ गतेलाई संसद बैठक आब्हान गरेपनि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका हुन् । मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।







Facebook Comments