काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा सचिवालय बैठकले तय गरेका एजेण्डामाथि छलफल हुनेछ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानका केही व्यवस्था परिवर्तन गर्ने प्रस्ताव गरेको छ । ती प्रस्तावलाई पोलिटब्यूरो बैठकमा छलफल गरेर पारित गरिनेछ ।

त्यसपछि ती प्रस्ताव केन्द्रीय कमिटी बैठक हुँदै आगामी भदौ महिनामा हुने विधान महाधिवेशनले अनुमोदन गर्नेछ । सचिवालय बैठकले ७० वर्षे उमेरहद, २ कार्यकाल, पदाधिकारी सङ्ख्या र विधान महाधिवेशन प्रतिनिधिबारे केही नयाँ निर्णय गरेको थियो ।