
काठमाण्डाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका हुन्।
प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका हुन्।
अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।







Facebook Comments