
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् । उनलाई पार्टीको संस्थापनइतर समूह र कर्णाली प्रदेशका नेताहरुको साथ छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट शुक्रबार बर्खास्त गरेका थिए । सो निर्णय पार्टीको विधानविपरीत भएको भन्दै गिरीले उजुरी गर्न लागेका हुन् । आजै राप्रपाको कर्णाली प्रदेशका नेताहरुले उनलाई हटाउने निर्णयप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेका छन् ।
निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।







Facebook Comments