
काठमाडौं । त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । इन्जिनियरिङका विद्यार्थीहरुले आज त्रिवि परिसरमा कालोपट्टि बाँधेर त्रिविविरुद्ध प्रदर्शन गरेका हुन् ।
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरुले सम्पूर्ण शैक्षिक गतिविधिहरु ठप्प पारेपछि विद्यार्थीहरु आन्दोलन गर्न त्रिवि पुगेका हुन् ।
प्राध्यापकहरुले इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेका विकेन्द्रीकरण र स्वायत्तताको निरन्तर सुनिश्चित गर्नुपर्ने र संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनैपनि प्रकारको हस्तक्षेप तुरुन्त खोज गर्नुपर्ने माग राख्दै २० दिनदेखि पठन पाठन ठप्प पारेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत विभिन्न पदमा कार्यरत पदाधिकारीले सामूहिक स्वेच्छिक राजीनामामा समेत दिएका छन् । जसको असर विद्यार्थीको पठनपाठनमा परेको छ । प्राध्यापकहरुको माग सुनुवाइ गरेर छिटाे पढाइ सुचारु गर्न उनीहरुकाे माग छ ।







Facebook Comments