
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय पुगेका छन्। पूर्वराष्ट्रपति समेत रहेकी विद्या भण्डारीसँग छलफल गर्न अध्यक्ष ओली आइतबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका हुन्।
भण्डारीले यसअघि नै एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्। उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सेवा सुविधा पनि त्याग गरेकी छन्। तर, एमाले सदस्यता नवीकरणबारे ठूलो बहस सिर्जना भएको छ।
हालै सम्पन्न एमालेको सचिवालय र पोलिटव्युरो बैठकमा विद्याको सदस्यता नवीकरणका विषयमा चर्काचर्की भएको थियो। अध्यक्ष ओलीले देशको गरिमामय पदमा पुगिसकेको व्यक्ति राजनीतिमा फर्किनु गम्भीर रहेको बताएका थिए।







Facebook Comments