काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो काण्डमा विवादित भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई छलफलको लागि बोलाएको छ । आयोगका एक अधिकारीका अनुसार उनलाई भोलिसम्म अख्तियार हाजिर हुन बोलाइएको हो ।  

यद्यपि अख्तियारले यसलाई आधिकारिक पुष्टि भनेको गरेको छैन । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बोलाउनु ठुलो विषय नभएको बताए ।


अख्यितारका एक कर्मचारीका अनुसार भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिएका गुप्तालाई सोधपुछ‘ इन्क्वायरी’ को लागि बोलाइएको हो । अडियो काण्डमा उनको आवाजबारे अख्तियारमा सोधपुछ  हुनेछ ।