काठमाडौं । जनपद प्रहरी समूहका ११ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएकाे छ । बढुवा समितिको सचिवालयले बिहीबार एक सूचना प्रकाशित गर्दै बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले जनाएअनुसार, बढुवा समितिको २०८१ साल साउन ५ गते बसेको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम जनपद प्रहरी समूहका प्रहरी नायव उपरीक्षकहरूलाई सोही समूहको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

प्रकाशित सूचीअनुसार, अनिल कुमार खड्का बढुवाको पहिलो नम्बरमा सिफारिस भएका छन् । त्यसैगरी, महेश थापा, दिपेन्द्र पंजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर के.सी., डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का क्रमशः बढुवाका लागि सिफारिस भएका छन् ।

सिफारिस भएका प्रहरी अधिकृतहरू हाल विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा कार्यरत रहेका छन् । उनीहरूको कार्यसम्पादन, ज्येष्ठता र अनुभवका आधारमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसमा परेका अधिकृतहरूको नामावली:
१    अनिल कुमार खड्का    नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, काठमाडौं
२    महेश थापा    नेपाल प्रहरी प्रधान कार्यालय संघीय अपराध अनुसन्धान शाखा नक्साल, काठमाडौं
३    दिपेन्द्र पंजियार थारु    बागमती प्रदेश प्रहरी तालीम केन्द्र दुधौली, सिन्धुली
४    महेन्द्र नेपाल    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान सुपरीवेक्षण तथा अनुगमन शाखा नक्साल काठमाडौं
५    रुपक खड्का    राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, काठमाडौं
६    प्रेम सागर के.सी.    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर ४ अपहरण, गुण्डागर्दी, जालसाजी, ठगी
७    डिल बहादुर मल्ल    अपराध अनुसन्धान विद्यालय मानवश्रोत व्यवस्थापन शाखा, महाराजगंज काठमाडौं
८    केशब भट्टराई    नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्साल, काठमाण्डौ
९    भुवनेश्वर प्रसाद साह    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज केन्द्रीय प्रहरी पुस्तकालय
१०    सुनिल मल्ल    जिल्ला प्रहरी कार्यालय, पाल्पा
११    दिपक खड्का    नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय ठिमी, भक्तपुर