काठमाडौँ । देशभरका शिक्षकहरू १७ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ ।

आन्दोलनरत शिक्षकहरूले माइतीघर नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परिरहेको छ। मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको छ ।

अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको यात्रुहरूको गुनासो छ ।