
रौतहट । रौतहटको गरुडा नगरपालिका- ५ स्थित झाझ खोला नजिकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट गरुडा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔपषध गाँजा बरामद गरेको जनाएको छ। गाँजाको तौल भर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न रोक्न खोज्दा कार चालकले गाडी नरोकी हुक्याउँदै भाग्न थालेपछि प्रहरीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका ५ झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी छोडेर चालक फरार भएका छन्।
रातो कलरको ब्रेजा कारमा प्रतिबन्ध लागुऔषध लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना पाएपछि गरुडा प्रहरीले चेकिङ तीब्र बनाएको थियो । तर,चालकले प्रहरी चेकिङ छलेर तीव्र गतिमा कार भगाउँदा समेत सफल नभएपछि खेतमा छोडेर भागेका थिए। अहिले प्रहरीले क्रेनको सहाराले कारलाई निकालेको छ। कारभरि गाँजा फेला परेपछि गाँजाको यकिन परिमाण प्रहरीले हालसम्म खुलाउन सकेको छैन।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बरामद गाँजाको तौल गर्ने कार्य भइरहेको बताए । गाँजाबारे गहनरूपमा अनुसन्धान सुरु गरिएको बताउँदै डीएसपी कार्कीले गाडीको सहाराले कारोबारीसम्म पुग्ने प्रहरीको अनुमान रहेको बताए ।







Facebook Comments