
काठमाडौँ । भक्तपुरको सुर्यविनायकमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ घर भई हाल भक्तपुर आदर्श बस्ने वर्ष ७१ की सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको हो।
भक्तपुर सूर्यविनायकस्थित भुलाँचा चोकमा काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा५ख ४७८२ नं. को मयुर यातायातको बसले पैदलयात्री श्रेष्ठलाई बाटो पार गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भइ उपचारका लागि भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइ जगाती प्रहरी बृत्तमा राखिएको छ। बस चालक नुवाकोट शिवपुरी गाँउपालिका वडा नं.२ छाप घर भइ काठमाडौँ नारायणस्थान बस्ने वर्ष २८ को निलकुमार तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरले जनाएको छ।







Facebook Comments