काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने मनस्थिति बनाएकी छन् । पार्टी नेतृत्वले अनिच्छा देखाइरहँदा पनि उनी जसरी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने मनस्थिति बनाएको उनीनिकट एक नेताको दाबी छ ।

मंगलबार भण्डारी निवास बुढानीलकण्ठस्थित भंगालमा पुगेका सञ्चारकर्मीसँग उनले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रस्ट पारेकी हुन् । ‘म सक्रिय राजनीतिमा आइसकेको छु । अब पछि हट्ने कुरा हुँदैन छैन’, भण्डारीको भनाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन ।’