काठमाडौं । एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले हरेक महाधिवेशन र मातहत कमिटीका अधिवेशनहरुमा ४० प्रतिशत नयाँ तथा युवाबाट कमिटीमा निर्वाचित गर्ने व्यवस्था राख्न सुझाएका छन् ।

जारी केन्द्रीय कमिटी बैठमा विधानमाथिको छलफलमा भाग लिँदै ढुंगेलले ६० प्रतिशत वहालवाला केन्द्रीय कमिटी र ४० प्रतिशत नयाँ युवालाई प्रतिस्पर्धाको क्लस्टर छुट्याउन सुझाव दिएका हुन् । उनले प्रतिस्पर्धा पनि नयाँ र पूरानाबीच अलग अलग गराउन सुझाव दिएका छन् ।

ढुंगेलले कार्यकर्ता धेरै भएको र निर्वाचनको नजिक पार्टी रहेकाले केन्द्रीय कमिटी,प्रदेश कमिटी,आयोग र विभागहरुको संख्यामा लचिलो हुनुपर्ने बताए ।

ढुंगेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विषय प्रक्रियागत त्रुटी वा प्रक्रियामा नभएर उच्च राजनीतिक समझदारी तथा निर्णयको विषय हुनुपर्ने बताए ।