काठमाडौं । सरकारले विपद्पछिको प्रतिकार्यका लागि ड्रोनको प्रयोग गर्ने भएको छ । मंगलबार गृह मन्त्रालयमा सरकार र नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबीच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत)का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता गरेको हो ।

संघहरूले विपद्पछिको प्रतिकार्यका लागि निःशुल्क चालकसहितको ड्रोन उपलब्ध गराउने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए । उनले नेपाल विपद्को धेरै जोखिम भएको भूगोलमा रहेको बताए ।

विपद् प्रतिकार्यका लागि सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा सरकार पुगेको छ। निजी क्षेत्रलाई पनि विपद् प्रतिकार्यमा संलग्न गराइ अघि बढिएको उनकाे भनाइ छ ।

गृहमन्त्री लेखकले सरकारले विपद्को प्रतिकार्यका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको बताए ।