
काठमाडौँ । बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए।
नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो। चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार नेपाल फर्कनेमा सवारी चालक र व्यवसायी र त्यहाँ घुम्न पुगेका मान्छे रहेका छन्। उनका अनुसार बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीलाई चीनले तातोपानी नाकासम्म पुर्याउने छ।
साथै बाढीका कारण पाङसिङमा रहेका १३३ जना सवारी चालक, व्यवसायी र घुम्न पुगेका नेपालीलाई पनि चीनले तातोपानीसम्म पुर्याइदिने छ। बाढीका कारण अवरुद्ध भएको स्याफ्रु-रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण अर्को नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको हो।







Facebook Comments