सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला–४ जिजिङ्ग्खा टोलमा मंगलबार राति गएको पहिरोले २ घरमा क्षति पुगेको छ ।

भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार ठूलो ढुंगासहितको ठूलफ ढिस्को खस्दा एक घर पूर्ण रुपमा क्षति भएको छ भने अर्को घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै चार परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । विस्थापित परिवारलाई स्थानीय युवाहरुको सक्रियतामा स्याक्सिला गोला प्रहरी चौकी र अध्यक्ष भोटेले सुरक्षित स्थानमा सारेका छन् ।

पहिरोले लिलाबहादुर श्रेष्ठ, लाप्साङ शेर्पा, मुस्कान शेर्पा, सुब्बा श्रेष्ठ र रन्जना श्रेष्ठको परिवार विस्थापित भएका छन् ।