काठमाण्डाैँ । उदयपुरको कटारी नगरपालिकाबाट लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छिन्। घरमै गाँजा भण्डारण गरिराखेको अवस्थामा फेला परेपछि महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कटारीको टोलीले घरमा गाँजा भण्डारण गरेर राखेको अवस्थामा भेटेर कटारी नगरपालिका ८ बबलाकी ४५ वर्षीया देवकुमारी थापा मगरलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा बुधबार दिउँसो खटेको इलाका प्रहरी कार्यालय कटारीको टोलीले खानतलास गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा भेटिएपछि गाँजा र मान्छे दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
मगरको घरबाट ३० किलो ३ सय ६० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले बताए। गाँजा र मगरलाई इलाका प्रहरी कार्यालय कटारीको नियनत्रणमा राखेर थप अनुसन्धान कार्य भइरहेको डिएसपी दोङले जनाएको छ।







Facebook Comments