महेन्द्रनगर । कञ्चनपुरमा खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

भारतबाट नेपाल फर्कदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिका –११ का भीमबस्तीका २० बर्षीय निशान्त ढकाल, कैलालीको धनगढी उपमहानगरपालिका–३ तिल्केतालका १८ बर्षीय किशोर र धनगढी उपमहानगरपालिका–१४ स्याउलेका १८ बर्षीय अर्का किशोरलाई डोके बजार चेकप्वाइन्टमा चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीचौकी परासनबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई बुधबार पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै भीमदत्त नगरपालिका –९ ब्रह्मदेवबाट सोही ठाउँका २० बर्षीय सञ्जय लावडलाई पनि खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।