
काठमाडौँ। बर्दिबासबाट प्रहरीले जबर्जस्ती करणी तथा गर्भपतन मुद्दाका आरोपित डा.प्रविण मिश्रलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले डा.मिश्रलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
जबर्जस्ती करणी तथा गर्भपतन मुद्दामा जलेश्वर अदालतबाट साउन ५ गते प्राप्त पक्राउ अनुमति पत्रअनुसार सर्लाही बलरा घर भई बर्दिबासस्थित डी एन् बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय डा.मिश्रलाई बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए । डा.मिश्रलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
डा.मिश्रले १६ वर्षीया किशोरीको गर्भपतन गराउँदा अत्याधिक रक्तस्राव भई अचेत भएका थिए । १० हप्ताको गर्भपतन गराएकी किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिबासमा जबर्जस्ती करणीको उजुरी दिएका छन् ।
किटानीसहितको उजुरी प्राप्त भएपछि आरोपितलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा चिकित्सकमाथि कम उमेरकी किशोरीलाई प्रक्रिया पूरा नगरी घटना लुकाउन गर्भपतन गराएको खुलेको प्रहरीको दाबी छ ।







Facebook Comments