
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक रुपन्देही क्षेत्र नम्बर-३ मा आगामी कात्तिक १७ हुने लागेको उपनिर्वाचनबारे केन्द्रित रहेको छ ।
उपनिर्वाचनबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीबाहेक रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई समेत बैठकमा बोलाएका छन् ।
त्यस्तै २०७९ सालमा भएको निर्वाचनमा त्यो क्षेत्रबाट तत्कालीन गठबन्धनको उम्मेदवार बन्दै पराजित नेता बालकृष्ण खाण पनि बैठकमा उपस्थित छन् । बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीबहेकका गृहमन्त्री रमेश लेखक, ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का र कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी पनि सहभागी छन् । खड्का आमन्त्रित केन्द्रीय सदस्य र अधिकारी केन्द्रीय सदस्यमात्रै हुन् ।
अधिकारीसँग मलको अभाव र खडेरीबाट आहतमा परेका किसानलाई राहत कसरी उपलब्ध गराउन सकिन्छ र खड्कासँग जगदुल्ला हाइड्रोपावरको ठेक्काबारे जानकारी लिन बोलाइएको स्रोतले बताएको छ ।
रुपन्देही ३ को निर्वाचनमा खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका थिए । बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।







Facebook Comments