
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपा सांसदहरूलाई सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपालाई अहिलेको ठाउँमा ल्याउने श्रेय नै भिजिट भिसा रहेकाले यसबारे धेरै चिन्ता नलिन सुझाव दिएका हुन्।
भिजिट भिसाका बाहिर गएर,उतैको नागरिकता लिनु अन्तराष्ट्रिय कानुन अनुसार गलत कार्य भएको उनले बताए । तर, भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई नेपाल फर्किएपछि पार्टी खोलेर गृहमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री बनाउने अभ्यास भइसकेको घिमिरेको भनाइ छ ।
उनले जुन पार्टीका धेरै सांसदहरु भिजिट भिसाबाट अहिलेको ठाउँमा आएका छन्,त्यही पार्टी सांसदहरूले बढि भिजिट भिसाका बारेमा चिन्ता व्यक्त गरेको भन्दै आश्चर्य जनाए।







Facebook Comments