
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। आइतबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताएका हुन्।
नेता सिटौलाले सरकारको विकल्प पनि नरहेको बताए। उनले भने,‘जनताले सोचे अनुसार सरकारले काम गर्न सकेका छैनन्। सरकार पुरै कार्यकाल जान्छ। अर्को सरकार बन्ने विकल्प छैन। सम्झौता अनुसार सरकार जान्छ।’
नेता सिटौलाले संविधान संशोधन गर्नका लागि सरकारले कार्यदल बनाउनुपर्ने बताए। यस्तै नेता सिटौलाले कांग्रेसको महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुने बताए। उनले कांग्रेसले बागमतीका मुख्यमन्त्रीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावले पार्टीमा क्षति पुग्ने बताए।







Facebook Comments