
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ चासी, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा पाँच दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले एक सूचना जारी गर्दै साउन ११ गतेदेखि पाँच दिनसम्म विद्युत् आपूर्ति बन्द रहने जनाएको छ ।
प्राधिकरणका अनुसार डोटी वितरण केन्द्रअन्तर्गत मौवा सबस्टेसनदेखि सायल बजारसम्म डबल सर्किट ११ के.भी. फिडर निर्माण कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुन लागेको हो । प्राधिकरणले उक्त निर्माण कार्यको समय अवधिमा स्थानीयवासी तथा सरोकारवालालाई पूर्वजानकारीका लागि अनुरोध गरेको छ ।
बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म विद्युत् लाइन बन्द हुने बताइएको छ । प्राधिकरणले निर्माण कार्यको समयमा विद्युत् संरचना नछुन र सावधानी अपनाउन आग्रह गरेको छ ।







Facebook Comments