
२ हजार प्रहरी कारबाहीमा, सबैभन्दा बढी जवान
काठमाडौं। एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३७ भदा बढी उजुरी परेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२ मा ३७ ५३ उजुरी परेको हो । प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले उजुरी परेको बताउँदै ति मध्ये ८१ प्रतिशत पछ्यौंट भएको बताए ।
आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा बोल्दै घिमिरेले ७ सय उजुरी भने छानबिनकै क्रममा रहेको बताए ।
इ–कम्प्लेन, अख्तियार, गृहमन्त्रालय, टोल फ्रि नम्बर, प्रहरी महानिरीक्षकको सचिवालय, प्रधानमन्त्रीको कार्यालय तथा हेलो सरकार, राष्ट्रिय सतकर्ता केन्द्र, व्यक्ति स्वयंममार्फत र हुलाकबाट उजुरी आउने गरेको प्रवक्ता घिमिरेले बताए ।
जसमध्ये सबैभन्दा बढी हेला सरकारमार्फत १९ सय ६ उजुरी आएको प्रहरीको तथ्यांक छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्।
कारबाहीमा परेका प्रहरी जवानको संख्या ९२४ रहेको छ।
प्रहरी सहायक हवल्दार ४२०, हवल्दार ३४५, असई १७३, र डीएसपी ३ जना कारबाहीमा परेका छन्।
११ साउन, काठमाडौं । एक आर्थिक वर्षमा २ हजार भन्दा बढी प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।
यसरी कारबाही पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जा प्रहरी जवान छ । २ हजार ७३ प्रहरी कारबाहीमा पर्दा प्रहरी जवानमात्रै ९२४ जना छन् ।
त्यसैगरी प्रहरी सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५ कारबाहीमा परेका छन् । असई १७३, सर्य ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारबाहीमा परेका छन् ।







Facebook Comments