इजरायल । नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई इजरायलका परराष्ट्र मन्त्रालयले विपिन जोशी अवस्थाबारे कुनै अपडेट नरहेको जानकारी गराएको छ ।

इजरायली परराष्ट्र मन्त्रालयका महानिर्देशक इडन वार तालसँग भेटमा पूर्वमन्त्री ज्ञवालीले जोशीको सुरक्षित तथा चाँडो उद्धार र स्वदेश फिर्तीबारे गम्भीर चासो राखेका थिए।

जवाफमा महानिर्देशक तालले जोशीको अवस्थाबारे कुनै जानकारी नरहेपनि खोजीको लागि पहल भइरहेको बताए । करिब ४०(५० जन अझैँ बन्धक रहेको र उनीहरूको रिहाइका लागि पहल भइरहेको उनको भनाई थियो । तर विपिनको अवस्था अज्ञात रहेको मन्त्रालयका निर्देशकले बताए ।

भेटमा नेपाल र इजरायलबीचको ६५ वर्ष लामो मित्रता र सहकार्यबारे विस्तृत छलफल गरिएको पूर्वमन्त्री ज्ञवालीले जानकारी दिए । प्रवासी नेपाली मञ्च इजरायलको अधिवेशनका लागि इजरायल आइपुगेका ज्ञवाली आज स्वदेश फिर्ता भएका छन् ।