काठमाडौँ । समाजवादी मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल हुने भएको छ ।

दुई नेताबीच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा छलफल हुन लागेको हो ।


स्रोतका अनुसार समाजवादी मोर्चाको बैठक बोलाउने र यसअघि मोर्चाले गरेका कार्यक्रमबारे समीक्षा हुनसक्नेछ । गत चैत महिनायता मोर्चाको बैठक बस्न सकेको छैन ।