काठमाण्डाैँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना बेपत्ता हुँदा सनसनी मच्चिएको छ।

सम्भवत: गत बिहीबार राति या शुक्रबार बिहानदेखि घरबाट गायब स्थानीय उर्मिला हायुको परिवारका १६ जनाको खोजी तीव्र पारिए पनि अहिलेसम्म कुनै सुइँको मिलेको छैन । हायु परिवारबारे सोमबार बिहान साढे ९ बजे खबर पाएपछि साढे १० बजे घरमा पुगेका गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ घटना रहस्यमय रहेको बताउँछन्।

खबर आएपछि प्रहरीको टोली र वडाध्यक्ष रविन श्रेष्ठ हायु परिवारको घरमा पुग्दा कुकुर रोइरहेको थियो भने अरु चौपाया पनि अलपत्र थिए । वडाध्यक्ष श्रेष्ठ, स्थानीय छिमेकी र प्रहरी हायु परिवारको घरमा पुग्दा बेवारिसे बनेको कुकुर झ्यालमा बसेर रोइरहेको थियो । अहिले हायु परिवारको खोजी व्यापक बनाइएको छ । तर यो परिवारका सबै सदस्यको मोबाइल फोनसमेत बन्द रहेकाले घटना झनै रहस्यमय देखिएको छ । 

यी हुन् सम्पर्कविहिन भएका व्यक्तिहरू 

: ५२ वर्षीया उर्मिला हायू

२:२६ वर्षीया कमला हायू

: २३ वर्षीया कोमलमाया हायू 

: ३९ वर्षीया उषा हायू

५:२१ वर्षीया  सुजता हायू

६:२८ वर्षीया अस्मिता हायू

७:२९ वर्षीय राजु हायू

८:२४ वर्षीय हिमाल हायू 

९:१६ वर्षीय लालबहादुर हायू

१०: १४ वर्षीय वेगबहादुर हायू

११: ११ वर्षीय लक्षमण हायू

१२:१२ वर्षीय सवर्ण हायू

१३: १० वर्षीया ओमकुमारी हायू

१४:१ वर्षीय अर्जुन हायू

१५: ४ वर्षीया रियासा हायू सहित एकजना ज्वाइँ बेपत्ता भएका छन्।