
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्न सरकारसँग माग गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरुसँग सरकारले तत्काल वार्ता गरि न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गरिदिनहुन सरकारसँग माग गर्दछ।’
शिक्षा नीति, ऐन, कानून र शिक्षा क्षेत्रमा देखिएका विकृत्ति र अन्योलता अन्त्य गर्न अहिलेको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ। विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षक १९ औं दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।







Facebook Comments