.jpg)
काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठक सुरू भएको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्का नेता कृष्ण महरा पनि बैठकमा पुगेका छन् ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटघाट बाक्लिएको थियो ।
मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि प्रचण्ड-माधवसहित दोस्रो तहका नेताहरूसँग यो बीचमा छलफल गरेका थिए। माओवादी, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी मोर्चालाई एउटै पार्टी रूपान्तरण गर्ने गरी छलफल चलिरहेको बताइन्छ ।







Facebook Comments