
काठमाडौँ । इराकमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू स्वदेश फर्किएका छन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मंगलबार सम्ममा इराकको मिसनमा कार्यरत ८८ जना नेपाली सैनिक फर्किएका हुन्।
अन्तिम लटमा मंगलबार प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २७ जनाको टोली नेपाल फर्किएको हो। संयुक्त राष्ट्र संघको योजना अनुसार गत असार २४ गतेदेखि नै नेपाली शान्ति सैनिकहरू फर्किन थालेका थिए। चार वटा व्यावसायिक उडानमार्फत मिसनमा तैनाथ सबै जना नेपाली शान्ति सैनिकहरूलाई फिर्ता भएका हुन्।
संयुक्त राष्ट्र संघले असिस्टेन्स मिशन फर इराकमा कार्यरत कर्मचारी एवं शान्ति सैनिकहरूलाई फिर्ता गरी आउँदो पुस १६ गतेसम्म मिसन बन्द गर्ने योजना बनाएको छ। त्यसअनुसार नेपाली सैनिकहरू जुलाइ अन्तिम सम्ममा मिसनबाट फर्किनुपर्ने थियो।







Facebook Comments