काठमाडाैँ । विभिन्न ७ बुँदे माग राखी आज देखि आमरण अनसन सुरु गरेका खोटाङ , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका  तिर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ।

सहरी बिकास  मन्त्रालयका प्रवक्ता नारायणप्रसाद  मैनाली , सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चाकाजी महर्जन र उप महानिर्देशक सुनिल कुमार ठाकुर, नगरपालिका संघको केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाको उपस्थितिमा छलफल भएको हो।

तिर्थराजको तर्फबाट उपमेयरसहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति गर्ने भएको छ।