काठमाडौँ । कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत गरेको छ । हेटौँडास्थित कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सबै ३७ सांसदले मतदानमा भाग लिएका हुन् ।

संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबिच प्रतिस्पर्धा रहेको छ ।

लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । जसमा लामाले फेरि उम्मेदवारी दिएका हुन् ।  निर्वाचनको नतिजा आजै केहीबेरमा सार्वजनिक हुने बताइएको छ ।