काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बुधबार सुरू भएको बैठकमा २४ सदस्यीय पदाधिकारीमध्ये २२ जना बैठकमा सहभागी छन् । माओवादी केन्द्रका सचिव दीननाथ शर्माका अनुसार बैठकमा विभिन्न चार ‍एजेन्डामा छलफल हुँदैछ ।

उनका अनुसार स्थायी समिति बैठकको एजेन्डा तय गर्ने र केन्द्रीय समितिको बैठक बोलाउने विषयमा हुँदैछ ।  त्यसैगरी समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुरा हुने उनले बताए । 
बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किएको र वाम एकताबारे पनि कुरा हुने शर्माले बताए ।