काठमाडौँ । गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झैझगडा गरेको आरोपमा गएराति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले  जानकारी दिए । उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए ।

उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।